News Portal

  • मेगा बैंकद्वारा डिजिटल दक्षिणा अफर योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता
    ११११ पटक

    काठमाडौं । मेगा बैंकले डिजिटल दक्षिणा अफर योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान् चाड दशैं मनाइरहेको अवसर पारेर यसै साताको आगामी शुक्रबारदेखि देश पूरै दशैंमय हुनेछ । यसपालीको दशैंको समयमा टीका लगाउँदा दिइने दक्षिणा डिजिटल भुक्तानीमार्फत पनि गर्न सकिने गरी बैंकले यस किसिमको योजना ल्याएको जनाएको छ ।
    मेगा बैंकले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर सुरु गरेको छ । कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैंया पाउने बैंकले जनाएको छ । सो योजना दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीनवटा खातामा गरी न्यूनतम ५ सय रुपैंया दक्षिणास्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्