News Portal

  • राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा बाग्लुङको शेराबजारमा सञ्चालन

    आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७७
    १२०४ पटक
    ४ कार्तिक, २०७७

    काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको २४२औं शाखा बाग्लुङको शेरा बजारमा स्थापना भएको छ । राष्ट्रिय बाणिज्य बैंकले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका–१ स्थित शाखा कार्यालय शेरा बजार सञ्चालनमा ल्याएको छ । सो २४२ औं नयाँ शाखा कार्यालय उद्घाटन जैमिनि नपाका नगर प्रमुख इन्द्रराज पौडेलले गरेका थिए ।
    सोही अवसरमा जैमिनि नपाका नगर प्रमुख पौडेलले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै नगरपालिकाले सहयोग गर्ने बताए ।
    बैंक शाखा कार्यालय शेरा बजारका शाखा प्रबन्धक लोकप्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख लिला राना र नगर पदाधिकारीहरु, स्थानीय उद्योगी व्यवसायी, कर्मचारीलगायत समाजसेवीहरुको उपस्थिति रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्