News Portal

  • प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा सञ्चालन

    आर्थीकसंसार संवाददाता३ कार्तिक, २०७७
    १२५० पटक
    ३ कार्तिक, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज कार्तिक ३ गतेदेखि रोल्पा जिल्लाको रोल्पा नगरपालिका–४ स्थित लिवाङमा आप्mनो २१०औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले गर्नुभएको हो ।
    बैंकको लिवाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी पूर्ण केसीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा बृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरेको कुरा जारी विज्ञप्तिमा उल्लेख छ ।
    बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकाले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायीक फर्म, कम्पनी तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्