News Portal

  • युनियन लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२ कार्तिक, २०७७
    १२२५ पटक
    २ कार्तिक, २०७७

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको तनहुँ शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी ब्यास १ तनहुँका मृतक विमित कृष्ण पन्तको परिवारलाई घरमै गई उक्त दाबी रकम हस्तान्तरण गरेको हो ।
    राष्ट्रिय सभाका सांसद प्रकाश पन्थ, कम्पनीका गण्डकी प्रदेश प्रमुख टिएन आचार्य र ब्यास १ का वडा अध्यक्ष खरसिङ्ग दरैले संयुक्त रुपमा मृतकको घरमै गई बीमा दाबी वापतको १४ लाख वरावरको रकम हस्तान्तरण गरेको हो ।
    गत वैशाखमा वैदेशीक रोजगारका क्रममा विमित कृष्ण पन्थको कतारमा निधन भएको थियो । चेक रकम हस्तान्तरण गर्दै राष्ट्रिय सभाका सभासद् पन्थले बीमा गर्दा जस्तो सजिलो हुन्छ, दाबी भुक्तानीमा पनि सोहीअनुरुप बिना झन्झट रकम विमितले पाउनु पर्नेमा जोड दिए ।
    बिमित पन्थको मृत्यु दावी भुक्तानीअन्तर्गत शव ल्याउँदा एक लाख, क्रिया खर्च वापत एक लाख, आय नोक्सानी वापत दुई लाख र विमाङ्क १० लाख गरी कुल १४ लाख वरावरको चेक रकम हस्तान्तरण गरिएको कंम्पनीका दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्