News Portal

  • होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२६ असोज, २०७७
    २२६८ पटक
    २६ असोज, २०७७

    काठमाडौं । कोभिड–१९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्यसम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिने र ७२ घण्टै रुम क्लिन साइकलको नियम पालना गर्दै पाहुनालाई बिहान छिटो चेकइन र दिउँसो ढिलो चेकआउट गर्न पाउने सुविधा लागू गरिएकोे छ ।
    पुनः सञ्चालनमा आएको अवसरमा आउँदै गरेको चाडपर्वलाई लक्षित गरी होटलले फेस्टिभ विशेष अफरसमेत ल्याएको छ । अन्य समयमा नेपाली रुपैयाँ नेट ११ हजार पर्ने मूल्यको यस अफरमा एक जोडीलाई प्रति रुम ६ हजारमा बेड एण्ड ब्रेक फास्ट समावेश गरिएको छ, जसमा डिलक्स रुमको सुविधा, बेभरेजमा १० प्रतिशत छुट, दोस्रो पटकको बुकिङ्गमा १० प्रतिशतको डिस्काउन्ट भौचरका साथै २ गिलास वाइनलगायत थुप्रै अन्य सुविधाहरुसमेत लिन सकिने छ । यस योजनामा शर्तहरु भने लागू हुनेछ । नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित यस होटलबाट विश्वकै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङ्खलाको अवलोकनको आनन्द लिन सकिने छ ।
    २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्वकै उत्कृष्टमध्येको ४० वर्षको इतिहास भएको क्लब हिमालयएस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।

     

    प्रतिकृया दिनुहोस्