News Portal

  • प्रभु पेको दशैं तिहार अफर

    प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा १० प्रतिशत क्यास ब्याक पाइने

    आर्थीकसंसार संवाददाता१७ असोज, २०७७, शनिबार
    ९३५ पटक
    १७ असोज, २०७७, शनिबार

    काठमाडौं । दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सनसहित ओटीटी (मोबाइल टिभि) निःशुल्क प्राप्त गर्ने भएका छन् ।
    ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताएका छन् । ग्यापुको दशैं तिहार धमाका अन्तर्गत दिइने क्यासब्याक २५ लाख बराबरको रहने जनाएको छ ।
    प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्ता मध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने जनाएको छ । त्यस्तै, दशै धमाकाको अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पाउने पेले जनाएको छ ।
    ग्यापुको बेवसाइटबाट सपिङ अर्डर गर्दा प्रभु पेको वालेटबाट पैसा तिरेर वा सामान डेलिभरीको बेला पनि प्रभु पेको क्युआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिन्छ जनाएको छ ।

    प्रतिकृया दिनुहोस्