News Portal

  • राजतन्त्रसहितको हिन्दु राज्यलाई हेर्दा

    पुस्तक समीक्षाः

    २१५७ पटक

    नेपालका राजनीतिक दलहरुले मुलुकको शासन व्यवस्था जनभाबनाअनुसार चलाउन नसकिरहेको र जनचाहना पूरा गर्न नसकेर आलोचित भइरहेका बेला लेखक पण्डित उत्तमप्रसाद पौडेलले हिन्दु राज्यसहितको राजतन्त्र नामक कृति बजारमा ल्याउनुभएको छ । कृतिभित्र मार्मिक स्लोक जननी जन्म भूमश्चि स्वर्ग दपी गरियसी अर्थात आमा, जन्मभूमि स्वर्ग समान हुुन्छ भन्ने बाक्यांस पनि छ । जसले पाठकको मन निक्कै मजाले तान्छ । सिन्धुपाल्चोक ठोकर्पा–१ मा वुवा पण्डित भोलानाथ पौडेल र आमा साबित्री पौडेलका कान्छा छोराको रुपमा २०३६ सालमा जन्मनुभएका लेखकले हिन्दू धर्म र राजतन्त्रप्रति आस्था मात्र देखाउनुभएको छैन, मुलुकलाई फेरि राजाको शासन चाहिएको र यो अहिलेका लागि अपरिहार्य आबाश्यकता भएको तर्कसहितको पैरबी मज्जाले गर्नुभएको छ । लेखकले यस पुस्तकमा कम्युनिष्ट सरकारले सञ्चालन गरेको बर्तमान शासन व्यवस्था, नेपालको बर्तमान राजनीति अबस्था र जनताले भोगेको बर्तमान पीडाका बारेमा बढो चोटिलो यर्थाथ प्रहार गर्नुभएको छ । उहाँले आज मुलुकको यो दुर्दशा हुनुका कारण र अब जनताले हिँड्नुपर्ने बाटोको बारेमा समेत चर्चा गर्नुभएको छ । हिन्दू धर्म, संस्कार, संस्कृति र राजतन्त्रका बारेमा लेखिएको उक्त पुस्तकमा राजतन्त्र हटेर गणतन्त्र आएपछि मुलुकमा शान्ति, सुशासन बिग्रिएको, धर्म, संस्कार, संस्कृति हराउँदै गएको, भ्रष्ट्राचार र अराजकता बढेको, कानून र बिधिको शासन हराएको, राजनीतिक दलका नेताहरुले जनतालाई शीरमा राखेर काम गर्नुको सट्टा आफूलाई र आफ्ना आसेपासेलाई केन्द्रमा राखेर शासन सत्ता सञ्चालन गरेको, जनताको जीवनस्तरमा परिबर्तन गर्नुको सट्टा कष्टकर बनाउँदै लगेकोे र त्यसले जनतामा निरासा छाउँदै गएको लेखकले पुस्तकमा विभिन्न उदाहरण प्रस्तुत गर्नुभएको छ । लेखकले पुस्तकमा गणतन्त्रको नाममा विदेशीको पैसा खाएर कसैले नउठाएको बिदेशी एजेण्डा धर्म निरपेक्षता र संघीयताजस्ता कुराहरु अन्तिम अवस्थामा संविधानमा हालेर ८५ प्रतिशत हिन्दुहरुको भाबनामा चोट पुर्याउँदै एकीकृत मुलुकलाई विभाजन गर्न खोजेको कुरा सविस्तार घतलाग्दो रुपले बताउनुभएको छ । उहाँले उक्त पुस्तकमा गणतन्त्र र संघीयताकै कारण आज मुलुकको सार्बभौम सत्ता र अखण्डता संकटमा परेको, बिदेशीहरुले मुलुकलाई क्रिडास्थल बनाउँदै भरसक सिक्किमीकरण नभए पनि फिजीकरण गर्न खोजेको उल्लेख गर्नुभएको छ । लेखकले यसको सम्पूर्ण दोष र जिम्मेवारी बर्तमान सत्तासीन र बिपक्षी सबै दलका नेताहरुले लिनुपर्ने समेत बताउनुभएको छ । उहाँले यस पुस्तकमा राजा किन ? हिन्दु धर्म, प्रजातान्त्रिक राजा र दलहरु, कम्युनिष्टहरुले देशलाई के दिए ? बिकास पूर्बाधार, जातजाति, संस्कृति, नेपालप्रति बिदेशीको दृष्टिकोण, मानबअधिकार र सुरक्षा, हामीलाई के चाहिएको छ ? समग्रमा लगायतका १० वटा शीर्षक दिएर हिजो र आजको शासन व्यवस्था, आजको मुलुकको अबस्था, नेताका कारण जनताले पाएको दुःख, पीडा, मुलुकको सार्वभौम सत्ता, अखण्डता र स्वतन्त्रताप्रतिको बिदेशी आक्रमणजस्ता विषयमा चिरफार गर्नुभएको छ । समग्रतामा भन्नुपर्दा अहिलेका नेताहरुको अदूरदर्शीताका कारणले मुलुकको स्वाधीनता गुम्ने अवस्था सृजना भएको र यसको अन्त्यको लागि जनताहरुले हिन्दू धर्म, हिन्दु राज्य र राजतन्त्रलाई कायम राख्नुपर्ने निष्कर्षसहितको सुझाब, सल्लाह यो पुस्तकमार्फत लेखकले मार्मिक ढंगले दिनुभएको छ । कतिपय सन्दर्भ यथार्थ र तथ्यमा आधारित भएर लेखिएता पनि कतिपय कुराहरु भने लेखकले स्वार्थमा आधारित आक्रोस पोख्दै लेख्नुभएको देखिन्छ ।

    “पुस्तक राजतन्त्रका हिमायती, हिन्दु धर्म, संस्कार, संस्कृतिहरुका कट्टरपन्थीहरु र वर्तमान शासन व्यवस्थाप्रति चित्त नबुझ्नेहरुका लागि निकै पठनीय र संग्रहनीय सँगालोका रुपमा आएको देखिन्छ ।”


    यद्यपि लेखकले पुस्तकमा विषयवस्तु गहन ढंगले उठाउनुभएको छ भने समयसापेक्ष भएर प्रस्तुत पनि गर्नुभएको छ । विभिन्न व्यक्ति र संस्थाका प्रमुखहरुको साथ सहयोग र सुझाब लिएर लेखिएको यो पुस्तक राजतन्त्रका हिमायती, हिन्दु धर्म, संस्कार, संस्कृतिहरुका कट्टरपन्थीहरु र वर्तमान शासन व्यवस्थाप्रति चित्त नबुझ्नेहरुका लागि निकै पठनीय र संग्रहनीय सँगालोका रुपमा आएको देखिन्छ । कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण नै गरेको भए पनि यो पुस्तक राजनीतिक दलका नेता कार्यकर्ता, राजनीतिक शास्त्रका बिद्यार्थी, स्वतन्त्र पाठकलगायत अन्य बौद्धिक जगतले अध्ययन गर्नैपर्ने देखिन्छ । किनकि कतिपय कुरामा वर्तमान र भूतपूर्ब शासकहरुलाई यो पुस्तकबाट सच्चिनसमेत सहयोग पुग्ने देखिन्छ । ओलिभ प्रेस एण्ड डिजाइन हाउसले प्रकाशित गरेको ३६ पृष्ठको यो पुस्तकको मूल्य १ सय १० रुपैया रहेको छ । देश र जनताको हितमा भएकाले लेखकको सिर्जना विषयवस्तुको गाम्भीर्यतालाई ध्यान दिएर लेखेकाले यो पुस्तक पठनीय र संंग्रहनीय छ ।

    – रेनुका थापाबाट

    प्रतिकृया दिनुहोस्