News Portal

  • बोनसपछि सिटिजन्स बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता
    ७५३ पटक

    २२ असोज, २०७८
    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.९१३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२.४८ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३५२.४८ रुपैयाँबाटै सुरु हुनेछ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३ सय ९८ रुपैयाँमा भएको थियो ।
    बैंकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद (कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
    उक्त सभामा जाने प्रयोजनको लागि बैंकले असोज २२ गते बुक क्लोजको मिति तय गरेको थियो । यससँगै गत असोज २१ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् भने आजदेखि बैंकको सेयर किन्ने लगानीकर्ताहरु भने बैंकको गत आवको प्रस्तावित लाभांश पाउन योग्य हुने छैनन् ।

    प्रतिकृया दिनुहोस्