News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    जेनजी प्रदर्शनको क्रममा नष्ट भएको घर हेर्न गए केपी ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा...बाँकी

    सरकारले उचित वातावरण बनाए कांग्रेस निर्वाचनमा सहभागी हुने कावा सभापति खड्काको दावी

    काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । सुर्खेतमा मंगलबार आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका लागि...बाँकी

    तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कतिबद्ध रहेको बताएकी छिन् । राजनीतिक दलहरूसँग आज भएको संवादमा उनले यसैका निमित्त मन्त्रीहरू, सुरक्षा निकायलगायत सबैले अहोरात्र खटिएर काम गरिरहेको उल्लेख गरेको...बाँकी

    हा हुँबाट बनेको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौं : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई देश छाडेर आफूहरु नभाग्ने स्पष्ट पारेका छन् । शीर्ष नेताको पासपोर्ट रद्द गर्ने चर्चा चलिरहेको बेला हा हुँबाट बनेको सरकारलाई छाडेर आफूहरु विदेश नभाग्ने स्पष्ट...बाँकी

    बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त, लिए शपथ

    काठमाडाैं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार (आज) नवनियुक्त अध्यक्ष शर्मालाई शपथग्रहण गराए । नवनियुक्त...बाँकी

    अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने, प्रशासन कार्यालय जान नपर्ने

    काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय गरेको छ । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।...बाँकी

    सबैले चुनावमा भाग लिन सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैले स्वतन्त्र रूपमा भाग लिन सक्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा...बाँकी

    ५ महिनामा १० शहरमा निःशुल्क वाइफाइ पुर्याउने नवनियुक्त मन्त्री खरेलको पहिलो निर्णय

    काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलहरूमा आगामी ५ महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । आज मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री खरेलले...बाँकी

    दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्छु : कृषिमन्त्री परियार

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । शितल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका...बाँकी

    नवनियुक्त सञ्चारमन्त्री खरेलले गरे पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रमपछि मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।...बाँकी