News Portal

  • महिला सहयात्रा लघुवित्तको साधारणसभा स्थगित

    आर्थीकसंसार संवाददाता७ भदौ, २०७७
    ८६० पटक
    ७ भदौ, २०७७

    काठमाडौं । महिला सहयात्रा लघुवित्त संस्थाको साधारणसभा स्थगित भएको छ । भाद्र १३ गते शनिबारका दिन केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा विहान १० बजे बस्ने भनिएको साधारणसभा स्थगित गरेको कुरा कम्पनीद्वारा एक सूचनामा उल्लेख छ ।
    विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण सो साधारणसभा स्थगित गरेको बताएको छ ।संस्थाको सञ्चालक समितिको भदौ ४ गते बसेको ११३ औँ बैठकले साधरणसभा स्थगित गरेको हो । साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधितित्व हुने सञ्चालकको निर्वाचन पनि स्थगित भएको कम्पनीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्