News Portal

  • नबिल म्युचुअल फण्डद्वारा सञ्चालित दुबै फण्डले गरे लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७८
    १२७८ पटक
    २३ भदौ, २०७८

    काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष २०७७÷७८ को लागि लाभांश घोषणा गरेका हुन् । जसअन्तर्गत नबिल ब्यालेन्स्ड फण्ड–२ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
    नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । यी दुई फण्डहरुको कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्