News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०७८
    १०२२ पटक
    २१ भदौ, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ ।
    सोमबार नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९% व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।
    सांग्रिला डेभलपमेन्ट बैंकको प्रति युनिट १ हजार मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।
    सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो । बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको थियो ।

    प्रतिकृया दिनुहोस्