News Portal

  • मनकामना केबुलकार सञ्चालनमा आउने

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०७८
    १०८४ पटक
    १८ भदौ, २०७८

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
    स्वास्थ्य सुरक्षा मापदण्डअनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।
    संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदिजस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।
    त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउने व्यहोरासमेत जानकारी गराएको ।
    विगतमा झंै आगामी दिनमा पनि यात्रु तथा भक्तजनहरुले देखाउनु भएको साथ र सद्भावको समेत मनकामना केबुलकारले अपेक्षा गरेको जानकारी सञ्चालक राजेशबाबु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्