News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको ९६औं शाखा हाकिम चोकमा

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७८
    १२१० पटक
    १७ भदौ, २०७८

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको भरतपुरस्थित हाकिम चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
    हाकिमचोक शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यसजसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।
    सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ

    प्रतिकृया दिनुहोस्