News Portal

  • सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७८
    ८६६ पटक
    १७ भदौ, २०७८

    काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर नगरपालिका मंगलबजार स्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ६ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर सेटहरुको सहयोग, बैंकको तर्पmबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले उक्त आदर्श कन्या निकेतन विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई प्रदान गरेका हुन् ।
    बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त कम्प्युटर सेटहरु विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।
    यस अभियानअन्तर्गत यस विद्यालयका लगभग ३०० विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको अवसर पुर्याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्