News Portal

  • प्रभु क्यापिटलले प्रभु ऐश्वर्य योजना ल्यायो

    आर्थीकसंसार संवाददाता१६ भदौ, २०७८
    १०१४ पटक
    १६ भदौ, २०७८

    काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन उद्देश्यले यस योजना ल्याएको क्यापिटलले जनाएको छ ।
    यस योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्ने छन् । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
    ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यस योजना ल्याइएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार यस योजनामा संलग्न भएका ग्राहकहरुले क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेलमार्फत पाउने व्यवस्था गरिएको छ ।
    त्यसैगरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजरजस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्