News Portal

  • नेपाल फाइनान्सले २८औं वार्षिक साधारणसभा भदौ १५ गते गर्ने

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०७८
    ११५२ पटक
    १४ भदौ, २०७८

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २८औं वार्षिक साधारण सभा प्रयोजनका लागि भदौ १५ गते मंगलवार बुक क्लोज गर्ने भएको छ । कम्पनीले भदौ २६ गते उक्त सभा गर्न लागेको हो । बुक क्लोजको आधारमा भदौ १३ गते आइतबारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
    सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै १ बराबर शून्य दशमलव ७० कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । कम्पनीको गत असोज १० गते सम्पन्न वार्षिक साधारणसभाले १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
    उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्तपश्चात कायम भएको चुक्ता पुँजी रू. ८३ करोड ८९ लाख ४३ हजारको आधारमा कम्पनीले १ बराबर शुन्य दशमलव ७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।

    प्रतिकृया दिनुहोस्