News Portal

  • समता लघुवित्तद्वारा २६.३२ प्रतिशत लाभांश प्रस्ताव

    आर्थीकसंसार संवाददाता७ भदौ, २०७७
    ५३३ पटक
    ७ भदौ, २०७७

    काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    संस्थाले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने तीन करोड ८२ लाख २३ हजार ३ सय ६० रुपैयाँ बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ६ दशमलव ३२ प्रतिशतले हुन आउने १ करोड २० लाख ७० हजार पाँच सय ३५ रुपैयाँ नगद लाभांश गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ११ लाख रहेको छ ।

    प्रतिकृया दिनुहोस्