News Portal

  • कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकमा जितेन्द्र धिताल नियुक्त

    आर्थीकसंसार संवाददाता११ भदौ, २०७८
    ११५९ पटक
    ११ भदौ, २०७८

    काठमाडौं । कर्मचारी सञ्चय कोषको निमित्त प्रशासकको जिम्मेवारी जितेन्द्र धितालले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निमित्त प्रशासकको जिम्मेवारी दिएको हो ।
    यसअघि कोषको सह–प्रशासक रहेका उनी वरिष्ठताको आधारमा कोषको निमित्त प्रशासक बनेका हुन् । सरकारबाट नियुक्ती पत्र पाएपछि शुक्रबारबाटै निमित्त प्रशासकको जिम्मेवारी सम्हालेको धितालले बताए ।
    यसअघि कोषका प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई बर्खास्त गरेसँगै उनलाई सरकारले निमित्त प्रशासकको जिम्मेवारी दिएको हो ।
    विगत १२ वर्षदेखि सञ्चय कोषमा कार्यरत धिताल विभिन्न क्षेत्रमा पनि संलग्न छन् । उनी पेशाले चाटर्ड एकाउण्टेन्ट हुन् । उनी हाल कोषको तर्फबाट बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा पनि छन् । विभिन्न जलविद्युत कम्पनीमा पनि उनको लगानी छ ।
    सरकारले उनलाई निमित्त प्रशासकमा नियुक्त गरेसँगै केही समयपछि उनलाई नै प्रमुख प्रशासककै जिम्मेवारी दिने तयारी रहेको पनि स्रोतको भनाई छ ।

    प्रतिकृया दिनुहोस्