काठमाडौं । ग्लोबल आइएमई बैंकले ल्यायो उत्सव कर्जा योजना ल्याएको छ । बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजनाअन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतीय सवारी कर्जा (अटो लोन)लगायतका विभिन्न सवारी साधन योजनाहरु सार्वजनिक गरेको हो ।
यस योजना निश्चित अवधिको लागि रहने बैंकले जनाएको छ । यस सेवा बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । हाल बैंकले ७ दशमलव ९९ प्रतिशत (प्रिमियम सहित)को ब्याजदरमै घर कर्जा योजनासमेत सञ्चालन गरिरहेको छ
यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा अन्य सवारी साधन कर्जाका साथै ८ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।
यस योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ । साथै कर्जा आवेदन प्रक्रिया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको छ ।
ग्लोबल आइएमई बैंकको उत्सव कर्जा योजना
आर्थीकसंसार संवाददाता११ भदौ, २०७८
११ भदौ, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक
- ऋणलाई राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्छौं : अर्थमन्त्री पौडेल
- बजाजको ‘क्यास सफारी’ अफर