News Portal

  • युनियन लाइफद्वारा मृतकको परिवारलाई १३ लाख ७८ हजार दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता११ भदौ, २०७८
    ११०३ पटक
    ११ भदौ, २०७८

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इलाम शाखाले बीमा दाबी भुक्तानी गरेको छ । गत जेठ २ गते कोभिड–१९ का कारण निधन भएका नवराज शंकरको परिवारलाई बीमा दाबी बापत १३ लाख ७८ हजार ६ सय ६८ रुपैयाँ भुक्तानी गरेको हो ।
    इलाम नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख महेश बस्नेत तथा प्रमुख प्रशासकिय अधिकृत कालीप्रसाद भुजेलले स्व. शंकरकी श्रीमती बिजु लकान्द्रीलाई चेक हस्तान्तरणर गरेका हुन् ।
    कार्यक्रमका नगर प्रमुख बस्नेतले भौतिक क्षति अति नै असह्य भएतापनि यसरी गरिने दाबी भुक्तानीले परिवारलाई आर्थिक रुपमा मल्हमको काम गर्ने बताउँदै कम्पनीलाई धन्यवाद ज्ञापन गरे । उनले बीमा आफ्नो र परिवारको लागि बचत साथसाथै सुरक्षा समेत भएकाले अनिवार्य सबैले आफ्नो क्षमताले भ्याए सम्म गर्नै पर्ने समेत बताए ।

    प्रतिकृया दिनुहोस्