News Portal

  • गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    आर्थीकसंसार संवाददाता१० भदौ, २०७८
    ५२६ पटक
    १० भदौ, २०७८

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो ।
    यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत भएको छ ।
    यसअघि कम्पनीमा संस्थापक सेयरको स्वामित्व ६० प्रतिशत र साधारण सेयरको स्वामित्व ४० प्रतिशत रहेको थियो ।

    प्रतिकृया दिनुहोस्