News Portal

  • महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई निर्वाचन आयोगले दियो दलको मान्यता

    आर्थीकसंसार संवाददाता९ भदौ, २०७८
    १३५६ पटक
    ९ भदौ, २०७८

    काठमाडौं । निर्वाचन आयोगले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दलको मान्यता दिएको छ ।
    आयोगका सचिव सुरेश अधिकारीले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
    राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।
    दल विभाजनका लागि ल्याएको अध्यादेशअनुसार लोसपाले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएपछि आयोगले प्रमाणपत्र दिएको हो ।
    लोकतान्त्रिक समाजवादी पार्टीको छुट्टै दल दर्ताका निम्ति भएको प्रक्रियाकाअन्तर्गत आज दुवै दलका सदस्यहरूलाई हस्ताक्षर सनाखतका लागि आज आयोगले समय दिएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट केन्द्रीय सदस्यहरू १६ जनाले हस्ताक्षर सनाखत गरेका छन् भने संघीय संसद सदस्य १४ जनाले हस्ताक्षर सनाखत गरेको श्रेष्ठले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्