काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड’का सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित भएका छन् । कम्पनीले आज आयोजना गरेको एक कार्यक्रमकाबीच देशभरबाट सबैभन्दा आकर्षक र उच्च व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट शाखा प्रमुख राई सम्मानित भएका हुन् ।
एक दशकभन्दा बढी समयअघिदेखि कारोबार सुरु भएको गाईघाटमा शाखा स्थापनाकालदेखि नै राई प्रमुखको रुपमा कार्यरत छन् । कम्पनीको कुल नेपालभर विभिन्न जिल्लामा रहेका १०१ शाखामध्येबाट उत्कृष्ट घोषित भएका राईलाई काठमाडौंस्थित चन्द्रगिरी हिल्स एण्ड रिसोर्टमा आयोजित कार्यक्रममा खादा ओढाएर सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सम्मानित भएपछि ३६औं शाखा गाईघाटको स्थापना हुँदा देखेको सपना आबद्ध कर्मचारी र अभिकर्ताहरुको सहयोगबाट सार्थक भएको राईले प्रतिक्रिया दिएका छन् ।
कम्पनीको आधिकारिक वेबसाईटका अनुसार करिब ९ लाख बढीलाई प्रत्यक्ष बीमा सेवा दिँदै आएको नेशनल लाइफको १ नम्बर प्रदेशमा मात्र २० वटा शाखा रहेको कम्पनीले बताएको छ ।
नेशनल लाईफका राई सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित
आर्थीकसंसार संवाददाता९ भदौ, २०७८
९ भदौ, २०७८- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न