News Portal

  • मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीको अन्तिम दिन प्रति शेयर न्यूनतम मूल्य तीन सय

    आर्थीकसंसार संवाददाता८ भदौ, २०७८
    ७५१ पटक
    ८ भदौ, २०७८

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गतको १२,५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ३०० रुपैयाँ मात्र तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
    साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज मिति २०७८ भाद्र ८ गते कार्यलय समय भित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्