News Portal

  • कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता९ भदौ, २०७८
    ११२५ पटक
    ९ भदौ, २०७८

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ४० हजार कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । बैंकको शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापकहरुले खरीद गर्न सक्ने गरी बिक्रीमा ल्याएको हो ।
    यस शेयर खरीद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन बुझाउनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक व्यक्तिले ३५ दिनभित्र विद्यमान संस्थापक सदस्यहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर बिक्री गरिने जनाएको छ । बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिकृया दिनुहोस्