News Portal

  • एनआईसी लघुवित्तद्वारा कर्मचारीलाई शाखा व्यवस्थापन तालिम प्रदान

    आर्थीकसंसार संवाददाता९ भदौ, २०७८
    ७२१ पटक
    ९ भदौ, २०७८

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुलाई शाखा व्यवस्थापनसम्बन्धी तालिम दिएको छ । संस्थाले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशअन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा गरी २५० जना भन्दा बढी कर्मचारीहरुलाई विभिन्न मितिमा १ दिने व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम दिएको हो ।
    संस्थाका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना, व्यवसाय प्रवद्र्धन विभागका राकेश श्रेष्ठ र कर्जा विभागका रमेश खनालले कर्मचारीहरुलाई तालिम दिएका थिए । उनीहरुले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ को लक्ष्यको जानकारी, व्यवसाय विस्तारका रणनीतिहरु, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरीयता, समूह प्रवेश पूर्व तालिम र कर्मचारी उत्प्रेरणालगायतका विषयवस्तुहरु प्रशिक्षण दिएका हुन् ।
    यस आर्थिक वर्षमा लघुवित्त क्षेत्रकै सबल, सक्षम एवं विश्वसनीय लघुवित्त बनाउनका लागि यस्ता खालका तालिम कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सदस्यहरुलाई कर्जा सेवा प्रवाह गर्दा परिस्कृत सेवा दिन सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङ्गानाले बताए ।
    वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्थाप्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७३ जिल्लामा २७२ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्