News Portal

  • टाटाको गाडी किन्नेलाई महालक्ष्मी बैंकले ऋण दिने

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७८
    ११०७ पटक
    ४ भदौ, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ । सो उद्देश्यले विकास बैंकले भदौ ४ गते सिप्रदी ट्रेडिङ प्रा.लि.सँग सम्झौता गरेको हो ।
    उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिने छ ।
    देशका १०३ वटा शाखाबाट ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुनेछ ।

    प्रतिकृया दिनुहोस्