News Portal

  • ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन

    आर्थीकसंसार संवाददाता४ भदौ, २०७८
    ८११ पटक
    ४ भदौ, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंकले मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको छ । बैंकले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियानको सञ्चालन गरेको हो ।
    यसअन्तर्गत बैंकले सुर्खेत जिल्लाको गुर्वाकोट नगरपालिकास्थित सहारे स्वास्थ्य चौकीमा महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । यसअघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्दती बचत खाता सञ्चालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिक रुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।
    स्वास्थ्य शिविर ग्रामीण तथा अर्धशहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।
    आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघसंस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ्य तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्