News Portal

  • बैंक अफ काठमाण्डूको कामु सीईओमा मास्के नियुक्त

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७८
    ७०८ पटक
    १ भदौ, २०७८

    काठमाडौं । बैंक अफ काठमाण्डूको कामय मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण मास्के नियुक्त भएका छन् । साउन ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।
    मास्के बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) समेत हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको कार्यकाल सकिएसँगै मास्केलाई कामु सीईओमा नियुक्त गरिएको हो । सीईओ पन्तको कार्यकाल भदौ १ गतेदेखि नै सकिने भएको छ । यससँगै, नवनियुक्त कामु सीईओ मास्केले भदौ २ गतेदेखि आफ्नो नयाँ कार्यभार सम्हाल्ने छन् ।

    प्रतिकृया दिनुहोस्