News Portal

  • एनएमबि बैंकले साँवा र ब्याज भुक्तानी गर्न शुरु

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७७
    ४८९ पटक
    ६ भदौ, २०७७

    काठमाडौं । एनएमबि बैंकले ऋणपत्रको अवधि सकिएसँगै साँवा र ब्याज भुक्तानी गर्न शुरु गरेको छ । बैंकले ७ प्रतिशत व्याजदरको एनएमबि डिवेञ्चर २०७७ को साँवा तथा व्याज भुक्तानी कार्य भदौ ६ गतेदेखि शुरु गरेको छ । यस ऋणपत्रको अवधि भदौ ५ गते सकिएसँगै बैंकले साँवा तथा व्याज भुक्तानी गर्न सुरु गरेको हो । बैंकले २०७१ सालमा प्रतिकित्ता एक हजार रूपैयाँ अंकित दरको ५० करोड रूपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।
    बैंकले एक विज्ञप्ती जारी गरी ऋणपत्रधनीहरुले ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्र र ब्याज भुक्तानी पुर्जाको सक्कल प्रति साथै आफ्नो परिचय खुल्ने आधिकारीक परिचयपत्रको सक्कल प्रत्रि अनिवार्य रुपमा पेश गर्नुपर्ने जानकारी दिएको छ ।
    ऋणपत्रधनीहरु आफू उपस्थित हुन नसकी अन्य व्यक्तिमार्फत साँवा तथा ब्याज भुक्तानी चेक संकलन गर्न चाहेमा रितपूर्वक मञ्जुरीनामा पेश गर्नुपर्ने समेत बैंकले प्रष्ट पारेको छ । मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिले ऋणपत्रको साँवा तथा व्याज भुक्तानी चेक संकलन गर्दा ऋणपत्रधनीको नागरिकताको प्रतिलिपिको साथै आफ्नो आधिकारिक परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्