News Portal

  • युनाइटेड इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता३२ साउन, २०७८
    ९४९ पटक
    ३२ साउन, २०७८

    काठमाडौं । युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि.को २७औं वार्षिक साधारणसभा मिति २०७८ श्रावण ३१ गते भर्चुअल माध्यममार्फत सफलतापूर्वक सम्पन्न भएको छ ।
    सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । साथै कम्पनीको आ.व. ०७७/७८ को आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिइयो ।
    कम्पनीका सञ्चालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८औं वर्षमा कम्पनीले प्रकाशित गरेको आ.व. ०७७/७८ को चौथो वित्तीय विवरणअनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलोपटक बीमा क्षेत्रको अर्ब क्लबमा (Billion Club) मा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशतभन्दा बढीले बृद्धि गर्न सफल भएको जानकारी गराउनुभयो । कम्पनीको उक्त सफलताप्रति सम्पूर्ण शेयरधनी महानुभावहरुले हर्ष व्यक्त गर्दै सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुभयो ।
    सोही सभामा कुल बीमाशुल्क आम्दानी रु. ६९,८९,०३,९८३.८२ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी रु ३०,२४,००,०००.०० मा २४० प्रतिशतले बृद्धि गरी १,०२,८१,६०,०००.०० भएको जानकारी गराइयो । साथै, आर्थिक वर्ष ०७७.०७८ का लागि बाह्य लेखापरीक्षक एम.जि.एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो ।
    कम्पनीले आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्रगतिमा अगाडि बढ्न शेयरधनी महानुभावहरुबाट कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गरियो तथा व्यवस्थापनबाट सोही बमोजिम कार्य गरिने प्रतिवद्धता व्यक्त गरियो ।

    प्रतिकृया दिनुहोस्