News Portal

  • आइएमई लाइफद्वारा २५ लाखको घातक रोग दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२८ साउन, २०७८
    ८०५ पटक
    २८ साउन, २०७८

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरेको छ ।
    कम्पनीको प्रदेश नं. ३, हेटौंडा शाखा कार्यालयले आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरणसमेत हुने गरी बीमित हिमाल पौडेललाई रकम भुक्तानी गरको हो ।
    बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको थियो ।
    कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरुविरुद्ध रक्षावरण हुने बीमालेख योजना ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्