काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब बढी नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८४.१७ प्रतिशत बढी हो ।
बैंकले प्रकाशित गरेको विवरणअनुसार बैंकले आर्थिक वर्ष २०७७/७८ मा अर्थात गत असार मसान्तसम्ममा २ अर्ब २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७८ मा एक अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २२८.४९ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ४४ करोड ९१ लाख रुपैयाँ मात्रै थियो ।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २५.४६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा १०.८१ रुपैयाँले बढी हो । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६.५० रुपैयाँले बढेर १७०.६५ रुपैयाँ पुगेको छ र मूल्य आम्दानी अनुपात १७.१३ गुणा रहेको छ ।
त्यस्तै, ८ अर्ब ४९ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी बढेर ९ अर्ब माथि पुगेको छ । जगेडा कोषको रकम ४०.४८ प्रतिशतले बढेर ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको निक्षेप ३१.१५ प्रतिशत र कर्जा १५.८६ प्रतिशतले बढेर क्रमशः ८७ अर्ब १२ करोड रुपैयाँ र ६८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । यससँगै समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा पनि घटेर १.५५ मा सीमित भएको छ ।
नेपाल बङ्गलादेश बैंकले कमायो २ अर्ब बढी नाफा
आर्थीकसंसार संवाददाता२४ साउन, २०७८
२४ साउन, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता