News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१८ साउन, २०७८
    ८५७ पटक
    १८ साउन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धी दुई संस्थाबीच आज (साउन १८ गते) सम्झौता भएको हो ।
    बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई शुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा उक्त हस्पिटलसँग सम्झौता भएको हो । सम्झौतापत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।
    सम्झौताअनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजि तथा इको सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    देशका १०३ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्गमार्फत कारोबार गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्