News Portal

  • रिलायन्स लाइफद्वारा दुई करोड ५० लाखको मृत्यु दावी भुक्तानी

    आर्थीकसंसार संवाददाता१३ साउन, २०७८
    ५५६ पटक
    १३ साउन, २०७८

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले २ करोड ५० लाखको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ ।
    कम्पनीले कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप सो दाबी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।
    दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडिया, संचालक जगदीशकुमार अग्रवाललगायत कम्पनीका पदाधिकारीको उपस्थिति रहेको थियो । कम्पनीले हालसम्म आठ करोड २३ लाख बराबरको दाबी रकम भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्