News Portal

  • कामना सेवाको स्कुटर तथा मोटरसाइकल किन्न इएमआई सुविधा

    आर्थीकसंसार संवाददाता१३ साउन, २०७८
    ४२० पटक
    १३ साउन, २०७८

    काठमाडौं । कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सम्झौता गरेको छ । ह्वाइट लोटस मोटर्सले प्युर इभीलगायत विभिन्न ब्राण्डका स्कुटर तथा मोटरसाइकल र तिनका विभिन्न पार्टसहरुको बिक्री वितरण गर्दै आएको छ ।
    यो सम्झौतासँगैं बैंकले ह्वाइट लोटस मोटर्सबाट स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई सजिलै बिना कुनै झन्झट इएमआई सेवा प्रदान गर्नेछ ।
    बैंकले १२७ वटा शाखा, १ वटा विस्तारीत काउन्टर तथा ७० वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्