News Portal

  • युनाईटेड इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभाको आह्वान

    आर्थीकसंसार संवाददाता१० साउन, २०७८
    ३१७ पटक
    १० साउन, २०७८

    काठमाडौं । युनाईटेड इन्स्योरेन्सले आगामी साउन ३१ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को २७औं वार्षिक साधारणसभा सो दिन बिहान साढे ११ बजे अनलाइन (भच्र्युअल कार्यक्रम)मार्फत गर्ने निर्णय गरेको हो ।
    उक्त निर्णय साउन ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नेसहित विभिन्न तीन सामान्य प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, लेखापरीक्षण प्रतिवेदनसहित उक्त आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित अनुसूचीहरु पारित गर्ने छ ।
    साथै, आर्थिक वर्ष २०७७÷७८ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ । इन्स्योरेन्सले हालसम्म बुक क्लोजको मिति भने तय गरिसकेको छैन ।

    प्रतिकृया दिनुहोस्