News Portal

  • मेवा खोला जलविद्युतमा सिटिजन्स बैंकको अगुवाईमा ७ वाणिज्य बैंकले लगानी गर्ने

    आर्थीकसंसार संवाददाता८ साउन, २०७८
    १९२९ पटक
    ८ साउन, २०७८

    काठमाडौं । ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा विभिन्न ७ बैंकहरुले ७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गर्ने भएका हुन् ।
    बैंकको अगुवाईमा कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैंकसहित ७ बैंकहरुले ६ अर्ब ७५ करोड रुपैयाँ आवधिक कर्जा र २५ करोड चालु पुँजी कर्जा गरी कूल ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । जसको लागि प्रवद्र्धक कम्पनी एवं बैंकहरुबीच २०७८ साउन ७ गते विहीबारका दिन वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ ।
    मेवा खोला जलविद्युत आयोजना प्रदेश नं. १ को ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्गगा।वि।स। (हालको मेरिङदेन गाँउपालिका) मा निर्माण हुन लागेको हो । जुन युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको छ ।
    परियोजनाको अनुमानित लागत करीब ९ अर्ब रुपैयाँमा बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यस मध्ये, सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड रुपैयाँ, कुमारी बैंकबाट १ अर्ब रुपैयाँ, मेगा बैंक नेपालबाट १ अर्ब रुपैयाँ, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब रुपैयाँ, नेपाल एसबिआईबाट ८० करोड रुपैयाँ, सिद्धार्थ बैंकबाट १ अर्ब रुपैयाँ र सिभिल बैंकबाट ५० करोड रुपैयाँ लगानी हुनेछ । त्यस्तै, २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने कम्पनीले जनाएको छ ।
    आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ, जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी गराइएको छ । निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गतको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र वर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

    प्रतिकृया दिनुहोस्