News Portal

  • सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने

    आर्थीकसंसार संवाददाता५ भदौ, २०७७
    ७२२ पटक
    ५ भदौ, २०७७

    काठमाडौं । सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
    उनका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्राललयले उडान तालिका बनाउनेछ ।
    सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको खतिवडाले जानकारी दिए ।
    पीसीआर गर्न गाह्रो भएका मुलुकहरु कतार, साउदी अरबलगायतका मुलुकबाट नेपाल आउने नेपालीहरुलाई भने चार्टर उडानबाट मात्रै ल्याउन पाउने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्