News Portal

  • लक्ष्मी बैंकका ग्राहक खति भए ‘युरो कप विथ फोनलोन’को विजेता

    आर्थीकसंसार संवाददाता६ साउन, २०७८
    ४१५ पटक
    ६ साउन, २०७८

    काठमाडौं । लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता भएका छन् ।
    फोनलोनले संचालन गरेको ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ अभियानका विजेता खतिले ५५ इन्च स्मार्ट टिभी जितेका छन् ।
    असार १ गते देखि २३ गतेसम्म सञ्चालन भएको यस अभियानमा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी भएका थिए ।
    कम्पनीको अनुसार यस अभियानमा विजेताको छनौट फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’मार्फत गरिएको हो ।

    प्रतिकृया दिनुहोस्