News Portal

  • एनआईसी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्ति

    आर्थीकसंसार संवाददाता२ साउन, २०७८
    ११६८ पटक
    २ साउन, २०७८

    काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । शनिबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकले ढकाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
    उनीसँग डेलोइट इण्डिया (बिग ४) आइसिआइसि बैंक तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी प्रोफेशनल चार्टड अकाउन्टेनन्ट पनि हुन् ।
    साथै एनआईसी एशिया बैंकको हालको यात्राको उद्गमविन्दु मानिएको बिजनेस प्रोसेस रिइन्जिनियरिङ विभागको प्रमुखको भूमिकाबाट बैंकमा प्रस्थान गरेका उनको बैंकको उच्च व्यवस्थापन तहमा १२ वर्ष भन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ ।
    हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाई क्यापिटलले नयाँ उचाई चुम्ने विश्वास लिएका छौं ।
    क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्गसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्