काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो ।
एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले खल्तीले उक्त बोनस अफर ल्याएको हो ।
यो बोनस अफर पहिलोपटक प्राईम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसैगरी प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ ।
उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केही सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ । साथै घरबाटै पनि लिंक गर्न सकिने छ । यो योजना जुलाई १६ देखि ३१ तारिखसम्म खल्तीसँग प्राइम बैंक लिंक गर्ने जोकोहिलाई लागु हुन्छ ।
‘हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका हौं, यस सेवामार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्, साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्काे बैंकमा केहि सेकेन्डमै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौं,’ उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिंग प्रबन्धक शिरिष श्रेष्ठले बताए ।
प्राईम बैंक अकाउन्ट खल्ती सँग कसरी लिंक गर्ने ?
● खल्तीको होम स्क्रिनमा देखाइएको “मोर” अप्सनमा गई लिंक बैंक अकाउन्ट मा ट्याप गर्ने
● उपलब्ध बैंकहरु मध्ये “प्राईम बैंक” सेलेक्ट गर्ने
● आवश्यक सबै विवरणहरु भरि “सब्मिट” बटनमा थिच्ने
● अब रजिस्टर गरिएको मोबाइल मा प्राप्त वान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्ती खातासँग आफ्नो प्राईम बैंक अकाउन्ट सफलतापूर्वक लिंक गर्न सकिन्छ ।
प्राइम बैंकको खाता खल्तीसँग लिंक गर्दा बोनस पाइने
आर्थीकसंसार संवाददाता१ श्रावण, २०७८
१ श्रावण, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक