आर्थीकसंसार संवाददाता१ श्रावण, २०७८
१ श्रावण, २०७८काठमाडौं । कुमारी बैंक लिमिटेडले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुज मणि तिमिल्सिना कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले अर्काे निर्णय नभएसम्मको लागि कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल असार ३१ गते समाप्त भएकाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तिमिल्सिनालाई दिएको बैंकले जनाएको छ ।