News Portal

  • नेशनल हाईड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१ श्रावण, २०७८
    ११०३ पटक
    १ श्रावण, २०७८

    काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
    सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुमार पाण्डेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ ।
    सभाले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडमा अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने सम्बन्धमा आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सभाले लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणमा कर्पाेरेट ग्यारेन्टी दिने सम्बन्धमा गत फागुन २ गते सञ्चालक समितिको बैठकले गरेको निर्णय पारित गरेको छ ।
    सभामा आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू तथा आर्थिक वर्ष २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेण्डाहरू छलफल गरी पारित गरिएको छ ।

    प्रतिकृया दिनुहोस्