News Portal

  • सपोर्ट लघुवित्तको एकै दिन ६ वटा शाखा विस्तार

    आर्थीकसंसार संवाददाता३१ असार, २०७८
    ३२८ पटक
    ३१ असार, २०७८

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन ६ वटा स्थानमा शाखा कार्यालय विस्तार गरेको छ । संस्थाले एकै दिन प्रदेश नं १ को मोरङ्ग जिल्लाको विभिन्न गाउँपालिकाहरुमा ६ वटा शाखा कार्यालयको शुभारम्भ गरेको हो । मोरङ्गको महेशपुर, भौडाहा, लखन्तरी, मोतिपुर, हात्तिमुडा र लक्ष्मीनियामा शाखा कार्यालय विस्तार गरेको हो ।
    भर्खरै मात्र १० जिल्ला कार्यक्षेत्रमध्ये बागमति प्रदेशका शाखा कार्यालयहरु बिक्री हस्तान्तरण गरी प्रदेश नं १ कार्यक्षेत्र बनाएको यस सपोर्ट लघुवित्त वित्तीय संस्थाले प्रदेश भरी आफ्नो उपस्थिति जनाई प्रदेश स्तरमा सबल र सक्षम रही वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ अगाडि बढेको छ । आगामी दिनहरुमा प्रदेश नं. १ का बाँकी जिल्लाहरुमा शाखा विस्तार गर्ने योजना बनाएको संस्थाले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्