News Portal

  • एनआईसी एशियाद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

    आर्थीकसंसार संवाददाता३० असार, २०७८
    १९५३ पटक
    ३० असार, २०७८

    काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारी बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।
    बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारी बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक निवासी ४४ वर्षीय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो । निजलाई बैंकको प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ । बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको गजेन्द्र विक्रम कटुवालले बताए ।
    बैंकको अनुसार बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् । बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्