News Portal

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त

    आर्थीकसंसार संवाददाता२९ असार, २०७८
    ११५४ पटक
    २९ असार, २०७८

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।
    मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोहीअनुसार आज देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
    वि.सं. २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए ।
    त्यसपछि पुनः दोस्रो पटक २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री रहे । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।
    प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।
    यस्तै, चोथौ पटक २०७४ साल जेठ १४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् ।

    May be an illustration of text

     

    प्रतिकृया दिनुहोस्