News Portal

  • लक्ष्मी बैंकको १३०औं शाखा बुढानिलकण्ठको गणेश चोकमा विस्तार

    आर्थीकसंसार संवाददाता२६ असार, २०७८
    ७४० पटक
    २६ असार, २०७८

    काठमाडौं । लक्ष्मी बैंकले १३०औं शाखा बुढानिलकण्ठ–६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिएको छ ।
    हालसम्म बैंकले ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरुमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
    बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्