News Portal

  • कृषि विकास बैंकको अधिकांश बैंकिङ्ग सेवा अनलाइनबाटै

    आर्थीकसंसार संवाददाता२६ असार, २०७८
    ४५९ पटक
    २६ असार, २०७८

    काठमाडौं । कृषि विकास बैंकले शुक्रबारबाट धेरै बैंकिङ्ग सेवा अनलाइनबाट दिन सुरु गरेको छ ।
    बैंकले अनलाईनका माध्यमबाट एकै समयमा धेरै भन्दा धेरै सुविधा प्रवाह ग्राहकहरुले बिना झण्झट अनलाईनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सिआरएन, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम कार्ड सेवाका लागि अनलाइन सेवा सुरु गरेको हो ।
    बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेशबाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरुको लागि अनुरोध गर्नसक्ने बैंकले जनाएको छ । यसका साथै बैंकमा खाता नभएका ग्राहकहरुले समेत अनलाईनका माध्यमबाट समेत चल्ती, बचत खातासहित सबै सेवाहरु अनुरोध गर्न सक्नेछन् । यो सेवा सुरु भए पश्चात अनलाईनका माध्यमबाट सेवा अनुरोध गर्न सकिने छ भने कोभिडको यस महामारीको अवस्थामा सेवा उपयोगका लागि बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुने बैंकले जनाएको छ । ग्राहकलाई इमेल तथा एसएमएसका माध्यमबाट जानकारी गराउने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्